
जापानको कागोशिमामा रेलले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । आइतबार बिहानै रेलले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
यो घटना झट्ट हेर्दा आत्महत्या जस्तो देखिएको जनाएृृको छ । रेलको ठक्करबाट मृत्यु भएका व्यक्ति २५–३० वर्षको भएको अनुमान गरिएको छ ।
जेआर क्युशुका अधिकारी र प्रहरीले घटना बिहान ६ बजेतिर जेआर कागोशिमा स्टेशन नजिक भएको जनाएका छन् । स्थानीय सञ्चार माध्यमकाअनुसार दुई डिब्बा भएको रेलका चालकले एउटा मान्छे ट्र्याकमा हिँडेको देखेको थिए ।
उनले आकस्मिक ब्रेक हाने पनि रेल रोकेर ति व्यक्तिलाई बचाउन नसकेको जनाएका छन् ।
उनलाई तत्कालै अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भयो ।
रेलमा सवार ३७ जना यात्री र चालकमध्ये कसैलाई पनि चोटपटक नलागेको बताइएको छ । सो घटनापछि १० ओटा सेवा रेल सेवा स्थगित हुँदा ७०० यात्री प्रभावित बनेका थिए ।