भियतनामी महिलाको हत्या आरोपी जापानी पुरुषलाई आजीवन जेल सजाय

भियतनामी महिलाको हत्या गरेको आरोपमा एक जापानी पुरुषलाई एक अदालतले आजीवन जेल सजायको फैसला गरेको छ ।

गत वर्ष आफ्नो अपार्टमेन्टमा एक ३१ वर्षीया भियतनामी महिलाको हत्या भएको थियो । ओसाका जिल्ला अदालतले ति महिलाको हत्या आरोपमा तोशिया यामागुचीलाई आजीवन जेल सजाय सुनाएको हो ।

उनले घाँटी थिचेर हत्या गरी साथमा भएको २६ हजार येन पनि चोरेका थिए । जनवरी २६ मा मुद्दाको पेशीको सयमा यामागुचीले आफूलाई पैसा मात्रै चाहिएको र महिलाको हत्या गर्ने मनसाय नभएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?