
जापानको फुकुशिमा प्रिफेक्चरको इवाकीमा एक ८५ वर्षीया वृद्धा घरमै मृत अवस्थामा फेला परेकी छन् । प्रहरीले सो घटनाको छानबिन गरिरहेको जनाएको छ ।
प्रहरीले यासुको कोमात्सु साँझ करिब ७ बजेतिर घरको अगाडिको ढोका नजिकै मृत अवस्थामा भेटिएको जनाएको छ ।
ती वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन् । उनका छोराले सम्पर्क गर्न खोज्दा सम्पर्क नभएपछि घर आउँदा उनी मृत भेटिएकी हुन् ।
उनलाई वस्तुले टाउकोमा प्रहार गरिएको पोस्टमार्टम रिपोर्टबाट पत्ता लागेको जनाइएको छ । उनको घरका केही क्यामेरामा पनि तोडफोड गरिएको छ ।