जापानमा ग्राजुएसन समारोहमा मास्कको अनिवार्यता हटाउने तयारी

जापान सरकारले यस वर्ष स्नातक र प्रवेश समारोहमा मास्कको अनिवार्यता हटाउने योजना बनाएको छ । कोरोना भाइरसको जोखिम भए भएपछि मास्क लगाउनुपर्ने अनिवार्य नियम हटाउने तयारी भएको हो ।

विज्ञहरुले गरेको मूल्यांकनका आधारमा आगामी साता यसबारे निर्णय लिइनेछ । कोरोना महामारी सुरु भएको तीन वर्षपछि जापानले जनजीवन सामान्य बनाउने कोशिस गरिरहेको छ ।

यद्यपि केही महिनादेखि जापानमा कोरोना संक्रमणदर उच्च छ । सरकारले आगामी ८ मेदेखि कोरोना भाइरसलाई मौममी इन्फ्लुएन्जाजस्तै सामान्य संक्रामक रोगको सूचीमा राख्ने तयारी गरिरहेको छ ।

त्यसपछि घरभित्र वा बाहिर मास्क लगाउने वा नलगाउने भन्ने निर्णय व्यक्ति स्वयमले गर्नेछन् ।

यस वसन्तमा जुनियर र सिनियर हाइस्कुलबाट स्नातक गरेका विद्यार्थीहरुले कोभिड प्रतिबन्धमा नै तीन वर्ष बिताएको कुरालाई ध्यानमा राख्दै स्कुलहरुमा मास्क लगाउने नियमहरु खुकुलो बनाउन सांसदहरुले आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?