समलिङ्गी विवाहविरुद्ध अभिव्यक्ति दिने सचिव बर्खास्त

犀利士 ge-6-650×433.png” alt=”” class=”wp-image-195136″ width=”838″ height=”558″/>

जापानका प्रधानमन्त्री फुमियो किशिदाले समलिङ्गी विवाहको विरुद्ध अभिव्यक्ति दिने सचिव कात्सुकी अराईलाई बर्खास्त गरेका छन् ।

किशिदाले समलिङ्गी विवाहबारे उनले दिएको अभिव्यक्ति खारेज गर्दै उनलाई पदबाट हटाएका हुन् । सचिव अराईले ‘समलिङ्गी विवाह हेर्न पनि नचाहेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।

विविधतालाई मान्यता दिने समाजमा अराईको अभिव्यक्ति सरकारको नीतिसँग मेल नखाने किशिदाले बताएका छन् ।

पत्रकारले समलिङ्गी विवाहबारे सोधेको प्रश्नमा उनले भनेका थिए– म यो हेर्न चाहन्न । यदि म छेउमा बसेको भए मलाई यो मन पर्दैन ।’

त्यसलगत्तै अराईले आफ्नो अभिव्यक्ति फिर्ता गर्दै माफी मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?