जापानमा कोरोनाबाट २५६ जनाको मृत्यु, साढे ३८ हजार संक्रमित

जापानमा शनिबार एकैदिन कोरोना भाइरसको संक्रमणबाट १५६ जनाको मृत्यु भएको छ ।

जापानमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको छ ।

शनिबारमात्रै जापानमा ३८ हजार ५८१ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यो शुक्रबारको तुलनामा १ हजार ३४३ ले कम हो ।

टोकियोमा मात्रै शनिबार २ हजार ९९२ जना नयाँ संक्रमित भेटिएका छन् ।

शनिबार टोकियोमा संक्रमणबाट गम्भीर बिरामी भएका ३४ जना र देशभर ४२४ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?