
चीन र जापान दुई देशबीचको सम्बन्ध सुधार्न सहमत भएका छन् । सम्बन्ध सुधारका लागि दुई देशले सबै स्तरमा वार्ता गर्ने भएका हुन् ।
जापानका विदेशमन्त्री हायाशी योशिमासाले चिनियाँ समकक्षी चिन कांगसँग जापान नजिकै भइरहेका सैन्य गतिविधिलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
दुई नेताबीचको छलफलमा हङकङ, उइगुर मुस्लिममाथि भएको भनिएको मानवअधिकार हननको मुद्दा तथा सेन्काकु द्वीप समूहबारे रहेका विवादमा समेत छलफल भएको छ ।
चिनियाँ लडाकू विमान तथा पानीजहाजहरु जापानको जलक्षेत्रमा प्रवेश गर्ने गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
चीन र ताइवानले दाबी गर्दै आएका यी द्विप समूह आफ्नो सम्प्रभु क्षेत्र भएको बताउँदै आएको छ । चिनियाँ विदेशमन्त्री चिन कांगले चीनबाट आउने यात्रुका लागि सीमामा रहेको कडाई खुकुलो पार्न आग्रह गरेका थिए ।
जापानी विदेशमन्त्रीले भने चीनमा कोरोना भाइरसको प्रभाव कम भएपछि खुकुलो पार्ने जानकारी दिएका छन् । दुई विदेशमन्त्रीबीच रचनात्मक र स्थायी सम्बन्ध स्थापित गर्न सबै स्तरमा घनिष्ट सम्बन्ध राख्ने समेत सहमति भएको छ ।
चिन कांगले डिसेम्बरमा विदेशमन्त्रालयका कार्यभार सम्हाले पछि पहिलो पटक जापानी समकक्षीसँग फोनवार्ता गरेका हुन् ।