जापानमा २० वर्षपछि पहिलोपटक अपराधका घटनामा वृद्धि

जापानमा २० वर्षपछि अपराधका घटनामा वृद्धि भएको छ । कोभिड–१९ रोक्न लगाइएका प्रतिबन्ध खुकुलो पारिएसँगै जापानमा सन् २०२२ मा अपराध दर पनि बढेको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

गत वर्ष जापानमा ६ लाख १ हजार ३८९ वटा आपराधिक घटना घटेका छन् । यो सन् २०२१ को तुलनामा ५.९ प्रतिशतले बढी हो । घरेलु हिंसा र बाल शोषणका घटनामा परापर्श लिने क्रम हालसम्मकै उच्च बनेको छ ।

गत वर्ष अक्टोबरमा राष्ट्रिय प्रहरी एजेन्सीले गरेको एक अनलाइन सर्वेक्षणमा ६७.१ प्रतिशत उत्तरदाताले जापानमा पछिल्ला १० वर्षमा सार्वजनिक सुरक्षामा गिरावट आएको बताएका थिए ।

गत वर्षको जुलाईमा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या भएको थियो भने भने अन्य केही छुरा प्रहारका घटना भएका थिए ।

樂威壯 size-large is-resized”>

गत वर्षको जनवरीमा राष्ट्रव्यापी प्रवेश परीक्षाअघि टोकियो विश्वविद्यालय बाहिर छुरा प्रहार गरी ३ जनाको हत्या भएको थियो ।
८ जुलाईमा चुनावी अभियानका क्रममा पूर्वप्रधानमन्त्री आबेको हत्याले जापानलाई शोकमा पारेको थियो ।

जापानमा पछिल्ला वर्षहरुमा रेल तथा रेल स्टेशनहरुमा समेत हमलाका घटना बढेका छन् । गत वर्ष १ लाख १५ हजार ७३० वटा नाबालिगसँगको दुव्र्यवहारका रिपोर्ट आएका थिए भने घरेलु हिंसाका ८४ हजार ४९३ घटना दर्ता भएका थिए ।

साइकल चोरीजस्ता घटना अघिल्लो वर्षको तुलनामा १४.४ प्रतिशतले बढेर २ लाख १ हजार ६१९ पुगेका छन् ।
८ वर्षमा पहिलो पटक विशेष धोखाधढीबाट हुने आर्थिक क्षति २८.२ प्रतिशले बढेर ३६.१४ बिलियेन येन भएको छ ।

कम्पनी र संगठनहरुमा साइबर हमलाजस्ता घटना ५७.५ प्रतिशतले बढेका छन् भने अनलाइन धोखाधढी गरी अवैध रुपमा पैसा ट्रान्सफर गरेका घटना तीन वर्षमा पहिलो पटक बढेर १ हजार १३१ पुगेका छन् ।

हत्यासहितका जघन्य अपराधका घटना ८.१ प्रतिशतले बढेर ९ हजार ५३६ पुगेको रिपोर्टमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?