एओनले बढायो पार्ट टाइम कर्मचारीको तलब, मार्चदेखि लागू हुने

जापानको चर्चित र सबैभन्दा धेरै पार्ट–टाइम कामदार भएको खुुद्रा बिक्रेता कम्पनी एओनले कर्मचारीहरुको तलब वृद्धि गर्ने भएको छ ।

जापानमा बढ्दो महंगीलाई मध्यनजर गर्दै तलब वृद्धि गर्न लागेको यो जापानको पछिल्लो कम्पनी हो ।

कम्पनीले मार्चदेखि सुपरमार्केट र घरेलु स्तरमा स्टोर सञ्चालकसहित १४७ सहायक कम्पनीका कार्यरत कर्मचारीको तलब औसत प्रतिघन्टा ७ प्रतिशतले वृद्धि हुनेछ ।

यो कम्पनीमा झण्डै ४ लाख पार्टटाइम कर्मचारी रहेका छन् ।

कम्पनीले तलब वृद्धिले आर्थिक अनिश्चितताको समयमा कर्मचारीको जीवनयापनमा सहजता आउने जनाएको छ ।

कम्पनीले देशमा वृद्ध जनसंख्या बढ्दै जाँदा श्रम शक्ति घटिरहेकाले तलब वृद्धिको निर्णयले अधिक कर्मचारीलाई आकर्षित गर्न सहायक हुने विश्वास गरेको छ ।

एओनले पूर्णकालिक कर्मचारीको पनि तलब बढाउने योजना बनाइरहेको जनाएको छ ।

एओन ग्रुपमा ८० प्रतिशत कर्मचारी पार्टटाइमर छन् । उनीहरुको घन्टाको औसत तलब १ हजार येन पुग्नेछ भने वार्षिक आय करिब १२ लाख येन पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?