
जापानमा एउटा पार्किङ गरेको कारमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
साइतामा प्रिफेक्चरको हान्नो सहरमा पार्किङ गरिएको कारमा उनीहरु मृत भेटिएका हुन् । प्रहरीले उनीहरुले सामूहिक आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ ।
प्रहरीका अनुसार भाडामा लिएको कारमा उनीहरु मृत भेटिएका हुन् । कार बिहान १० बजेतिर निर्माण कम्पनीको गोदामको प्रांगणमा भेटिएको थियो । क्योदो न्यूजका अनुसार तीन जनामध्ये एक जना पुरुष र दुई महिला छन् ।
कारको ढोका बन्द गरिएको थियो । कारभित्र अलकत्रा ब्रिकेटको अवशेष पाइएको छ ।
दुई मध्ये एक महिलाका आफन्तले मंगलबार रातिसम्म पनि घर नफर्किएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । जापानमा पछिल्लो समयमा कारभित्र ब्रिकेट बालेर सामूहिक रुपमा आत्महत्या गर्नेको संख्या बढ्दो छ ।