तपाई विद्यार्थी भिसामा हुनुहुन्छ ? यसरी बोलाउनुहोस जापान भिजिट भिसामा आफ्नो परिवारलाई


टोकियो । धेरै नेपाल सन्देशको पेजमा विद्यार्थी भिसामा रहेकाले आफ्ना अभिभावकलाई जापान बोलाउन पाउँछन कि पाउँदैनन भनेर राखेको जिज्ञासा पछि हामीले आज यौ जानकारी तपाईहरुमाझ लेख्नने प्रयास गरेका छौँ ।

आजको यो जानकारीमूलक सामाग्रीमा हामीले अध्ययनको शिलशिलामा जापानमा रहनुभएका विद्यार्थीहरुले आफ्ना आमाबुबा वा आफन्तलाई घुम्नका लागि जापान बोलाउन सकिने विषयबारेमा चर्चा गर्दैछौँ ।

विद्यार्थी भिसामा रहनुभएकाहरुले आफ्नो कलेजको ग्राजुयसनको समयमा आफ्ना अभिभावकलाई भिजिट भिसामा जापान बोलाउन पाउँछन् । तर त्यसका लागि केही प्रक्रियाहरु भने अपनाउनुपर्ने हुन्छ । आज हामीले आवस्यक कागजातको तयारी र प्रोसेस केके हुन्छ भन्ने बारेमा सविस्तार जानकारी दिँदैछौँ ।

चाहिने कागजपत्र के-के हुन ?
१. सहि विवरण सहित निवेदन फारम
२. विद्यार्थी भिसा बहाकको पासपोर्ट र जाइरियु कार्ड
३. अभिभावक संग नाता प्रमाणित हुने प्रमाणपत्र
४. अभिभावकलाई बोलाउन चाहेको पत्र अर्थात ईन्भिटेशन लेटर
५. ट्राभल प्लान
६. ग्यारेन्टी लेटर
७. पछिल्लो ६ महिनाको बैक स्टेटमेन्ट सहित करिब १०० मान सम्मको बैँक ब्यालेन्स प्रमाणपत्र
८. तपाईले काम गर्ने ठाउँबाट ३ महिनाको तलव भुक्तानी प्रमाणपत्र
९. तपाई अध्ययन गरिरहनुभएको विद्यालयबाट हाजीरी, पढाई ग्रेड र ग्राजुयसन हुने मिति सहितको प्रमाणपत्र
१०. खाजेई स्योमेस्यो, नोजेई स्योमेस्यो र ज्युमिन्हो (सिटि अफिसबाट

यति गरिसकेपछि यी सबै डकुमेण्ट र अभिभावकको फोटो सहित नेपालस्थित जापान एम्बेसीमा गएर भिसा एप्लाई गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?