कानागावामा चक्कु देखाएर महिलाको २३ लाख येन लुटपाट

जापानको कानागावा प्रिफेक्चरको नाकाईमा रहेको एक अपार्टमेन्टको पार्किङमा चक्कु देखाएर एक पुरुषले २३ लाख जापानी येन लुटेका छन् ।

ती पुरुषले अन्दाजी ३० देखि ४० वर्षकी एक महिलाको साथबाट रकम लुटपाट गरेका हुन् ।

ती महिला पार्किङ लटमा रहेका आफ्नो कार चढ्नै लाग्दा सो घटना भएको हो । कार चढ्ने क्रममा रहेकी महिलालाई पछाडिबाट आएर चक्कु देखाएर तर्साएर नगद लुटेका हुन् ।

उनले टाउकोदेखि कुर्कुच्चासम्मै कालो लुगा लगाएका थिए भने अनुहारमा कालो मास्क लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?