जापानमा कोरोनाबाट ३०८ जनाको मृत्यु, साढे ५५ हजार नयाँ संक्रमित

जापानमा बुधबार एकै दिन कोरोना भाइरसको संक्रमणबाट ३०८ जनाको मृत्यु भएको छ । जापानमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ ।

जापानमा गत जनवरीमा मात्रै झण्डै ११ हजारले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो जापानमा एकै महिनामा सबैभन्दा धेरै संक्रमितको मृत्यु हो ।

बुधबार जापानमा ५५ हजार ५३७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो मंगलबारको तुलनामा भने १ हजार ७२७ ले कम हो ।

टोकियोमा बुधबार ४ हजार १२ जना नयाँ संक्रमित भेटिएका छन् । मंगलबार भन्दा ८५० जना कम संक्रमित पाइएका हुन् ।

जापानमा कोरोना संक्रमणबाट सिकिस्त बिरामी भई ४९६ जना बुधबार अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?