जापानमा बच्चा जन्मियो ? अब पासपोर्ट बनाउन के गर्ने ? विस्तृतमा बुझ्नुहोस्…


टोकियो ।
आजभोलि जापानमै बच्चा जन्माउनु र हुर्काउन हामी नेपालीहरुका लागि सामान्य नै बनिसकेको छ । तर बच्चा जन्मीसकेपछि उसको पासपोर्ट एप्लाई कसरी गर्ने भन्ने विषयमा धेरैलाई जानकारी नभएको पनि हुनसक्छ । आजको यो भिडियोमा हामीले तिनै जानकारीहरु समावेश गरेका छौँ ।

आज हामीले जापानमा नै जन्मेको बच्चाको पासपोर्ट लिन के के डकुमेण्टहरु आवश्यक पर्दछ र कसरी प्रक्रिया गर्नुपर्दछ भन्नेबारे सविस्तार लेख्दैछौँ ।

यदि तपाईले जापानमै बच्चा जन्माउनुभएको छ भने उसको पासपोर्ट लिन विभिन्न कागजपत्रहरुको आवस्यकता पर्दछ । जापानमा बच्चा जन्मेपछि अस्पतालले एउटा प्रमाणपत्र उपलब्ध गराएको हुन्छ ।

सोही पत्रका साथमा तपाईँ सिटी अफिस जानुपर्ने हुन्छ । सिटी अफिसमा गएपछि त्यहा तपाईँको बच्चाको सु स्यो तोदोके जुरी स्योउमेस्यो (बच्चाको जन्म दर्ता प्रमाणपत्र) प्राप्त गर्न सकिन्छ । उक्त प्रमाणपत्रका साथ अध्यागमन कार्यालय (ईमिग्रेशन)मा गई बच्चाको जाईरियु कार्डको लागि आवेदन दिनुपर्ने हुन्छ । जाईरियु कार्ड प्राप्त गरेपछि पासपोर्टको प्रक्रियामा प्रवेश गरिन्छ ।

पासपोर्ट लिनका लागि के के डकुमेन्ट आवश्यक पर्दछ ?
१ बच्चाको बाबुको नागरिकताको फोटोकपि
२ पासपोर्टको फोटो पेजको कपि
३ जन्मदिने आमाको नागरिकताको कपि
४ आमाको पासपोर्टको कपि
५ श्रीमान श्रीमती (बच्चाका बाबुआमा) दुबैजनाको विहे दर्ता

यी सबै प्रमाणपत्रको फोटोकपी सहित जापान स्थित नेपाली राजदूतावासबाट उपलब्ध हुने फारम भरेर तोकिएको मितिमा पुग्ने गरी पोष्ट गरेर पठाउन सकिन्छ । पासपोर्टका लागि लाग्ने शुल्क रु १५ हजार पनि फारमको साथमा दूतावासमा पठाउनुपर्दछ । पासपोर्ट बनेर आईसकेपछि नेपाली राजदूतावासको अफिसियल फेसबुक पेजमा जानकारी समेत गराएको हुन्छ ।

याद गर्नुहोस, ५ वर्ष भन्दा मुनिका बालबालिकाको पासपोर्ट बनाउँदा दूतावाससम्म सम्बन्धित व्यक्ति जानै पर्छ भन्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?