
जापानमा चार वर्षपछि सन् २०२२ मा पहिलो पटक रोजगारीको उपलब्धतामा सुधार आएको छ । कोरोना भाइरसको महामारीपछि आर्थिक र सामाजिक गतिविधि बढेसँगै रोजगारी पनि वृद्धि भएको हो ।
जापानमा सन् २०२२ मा कोभिडका कारण लगाइएका प्रतिबन्धहरु खुकुलो पारिएको थियो ।
श्रम मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२२ मा रोजगारीको उपलब्धता १.२८ अंकले बढेको हो । यो अघिल्लो वर्षको भन्दा ०.१५ अंकको वृद्धि हो ।
कोभिड महामारीअघि सन् २०१९ मा जापानमा रोजगारीको उपलब्धता दर १.६ थियो । यसले जापानमा रोजगारीको उपलब्धता पुरानै अवस्थामा फर्किन भने अझै समय लाग्ने देखिन्छ ।
यो दर भनेको हरेक रोजगारीका खोजीमा रहेका १०० जनाका लागि १२८ रोजगारीको अवसर छ । सन् २०२० मा यो दर १.१८ र २०२१ मा १.१३ थियो ।
जापानमा गत महिना भने बेरोजगारी दर स्थिर रहेको थियो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार डिसेम्बरमा बेरोजगारी दर २.५ प्रतिशत रहेको छ । अघिल्लो महिना पनि बेरोजगारीदर यही स्थरमा थियो ।
२०२२ भर औसत बेरोजगारी दर २.६ प्रतिशत भएको मन्त्रालयले बताएको छ । यो अघिल्लो वर्षको भन्दा ०.२ प्रतिशत कम हो । सो अवधिमा रोजगारी उपलब्धता १.३५ मा पुगेको छ ।
यसको अर्थ डिसेम्बरमा जागिर खोज्ने हरेक १०० जनाका लागि जापानमा औसतमा १३५ ओटा जागिर खुलेको थियो ।