जापानमा मंगलबार ५७ हजार बढी नयाँ कोरोना संक्रमित

जापानमा मंगलबार एकै दिन ५७ हजार २६४ जना नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

यो तथ्यांक सोमबारको तुलनामा ३५ हजार ८३८ ले बढी हो ।

राजधानी टोकियोमा मात्रै ४ हजार ८६२ जना नयाँ संक्रमित भेटिएका छन् ।

मंगलबार जापानभर कोरोना संक्रमणकाट ५०८ जना र राजधानी टोकियोमा ३२ जना कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमणबाट मंगलबार एकै दिन २४६ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?