जापानमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो

जापानमा सोमबार कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै घटेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार सोमबार जापानमा २१ हजार ४२६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

यो आइतबारको तुलनामा २३ हजार ३०३ ले कम हो । यस्तै टोकियोमा पनि कोरोना संक्रमितको संख्या घटेको छ ।

सोमबार टोकियोमा १ हजार ८१८ जना नयाँ संक्रमित भेटिएका छन् । यो आइतकारको तुलनामा १ हजार ६०९ जनाले कम हो ।

टोकियोमा कोरोनाबाट गम्भीर बिरामी भएर ३० जना उपचारका लागि अस्पताल भर्ना भएका छन् । सोमबार जापानभर ५३१ जनालाई अस्पताल भर्ना गरिएको छ ।

जापानमा कोरोना भाइरसबाट थप २०६ जनाको मृत्यु भएको छ । जापानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक महिनामै १० हजार नाघिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?