जापानमा विदेशी वीर्यको प्रयोग बढ्यो, महिला प्रयोगकर्ता धेरै

जापानमा पछिल्ला वर्षहरुमा सन्तान जन्माउनका लागि विदेशी वीर्यको माग बढेको छ ।

जापानमा वीर्यको माग बढेसँगै विदेशी वीर्य बैंकबाट वीर्यहरु ल्याउने क्रम पनि बढेको छ । गत अक्टोबरसम्म पाँच सयभन्दा बढी महिलाले डेनमार्कस्थित वीर्य बैंक क्राइओस इन्टरनेशनलको वीर्य प्रयोग गरेका छन् ।

यो दर्तावाल दाता भएको संसारकै सबैभन्दा ठूलो वीर्य बैं हो । यो बैंकले जापानमा एकल महिला, अल्पसंख्यक यौनिक समुदाय र श्रीमानमा बाँझोपनाको समस्या भएका महिलाहरुलाई वीर्य बिक्री गर्दै आएको छ ।

सन् २०१९ को मार्चमा यसले आधिकारिक रुपमा स्थानीय परामर्श सेवा सुरु गरेको थियो । जापानको एक संसदीय समितिले दान गरिएको वीर्य वा अन्डको प्रयोग गरेर सन्तानोत्पादन गर्ने प्रविधिसम्बन्धी विधेयकमा छलफल गर्ने तयारी गरिरहेको छ ।

गत मार्चमा आएको विधेयकको खाकाअनुसार वीर्यको व्यापारिक कारोबारमा भने रोक लगाउने सम्भावना छ । क्राईओस इन्टरनेशनको जापानी सञ्चालन हेर्ने हिरोमी इतोले जापानमा पनि वीर्य दान गर्ने व्यक्ति भर्ती गर्ने योजना रहेको बताएकी छिन् ।

निजी वीर्य बैंकहरु निश्चित नियम र सुरक्षा नियन्त्रणअनुसार चल्न सरकारले वातावरण बनाउनुपर्ने उनको भनाई छ ।
कम्पनीमा अधिकांश वीर्य दाता अमेरिका र यूरोपका छन् ।

जापानमा ७० प्रतिशतले गोप्य दाताको वीर्य लिने गरेका छन् । सन् २०२१ र २०२२ मा भएको सर्वेक्षणअनुसार सबैभन्दा बढी ५२ प्रतिशत प्रयोगकर्ता महिला छन् । यस्तै ३५ प्रतिशत वीर्य प्रयोगकर्ता विवाहित र १३ प्रतिशत समलिंगी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?