जापानमा हिम पहिरोमा पुरिएका २ विदेशी नागरिकको खोजी जारी

樂威壯 e class=”wp-block-image size-large is-resized”>

जापानको नागानो प्रिफेक्चरमा हिम पहिरोमा पुरिएका दुई जनाको खोजी जारी छ ।

आइतबार २ हजार १०० मिटर अग्लो हिमालबाट हिम पहिरो खस्दा स्कि खेल्न गएका दुई जना विदेशी नागरिक बेपत्ता भएका थिए । नागानोका ओतारी गाउँको सुगाइके हिमाल रिसोर्टमा हिमपहिरो गएको हो ।

आइतबार स्काई खेलिरहेका विदेशीहरुको तीन समूह हिम पहिरोमा पुरिएका थिए । विदेशीहरुको तीन समूहमा १३ जना स्कि खेल्न गएका थिए ।

हिमपहिरोमा पुरिएका ११ जनाको सकुसल उद्धार गरिएको भएपनि २ जना बेपत्ता छन् । १३ जना मध्ये ५ जना हिमपहिरोमा पुरिएका थिए भने तीन जना भाग्न सफल भए ।

हिम पहिरोमा पुरिएकामध्ये एक जनाको हात भाँचिएको छ । आइतबार खराब मौसमका कारण प्रहरीले उद्दार कार्य सञ्चालन गर्न सकेनन् । केही दिनदेखिको भारी हिमपातका कारण अधिकारीहले हिमपहिरो खस्ने चेतावनी यसअघि नै जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?