जापानमा ओकिनावामा एक नेपाली विद्यार्थीको मृत्यु

जापानको ओकिनावा प्रिफेक्चरमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थी भिसामा जापान आएका दाङ भालुवाङ घर भएका सन्देश आचार्यको २९ जनवरीको बिहान मृत्यु भएको हो ।

शनिबार राति आचार्य एक नेपाली रेष्टुराँमा खानपिन गरेर कोठामा फर्किएका थिए । सुत्ने बेलामा छाति दुखेको, असजिलो भएको बताएको उनका साथीहरुले बताएका छन् । उनी बेहोस भएपछि तत्कालै एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो ।

तर उपचारको क्रममा उनको मृत्यु भयो । आचार्यको मृत्युको कारण खुल्न सकेको छैन । पोष्टमर्टमको रिपोर्ट आएपछि मृत्युको कारण पत्ता लाग्नेछ ।

हृदयघातका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ । मृतक आचार्य २०२२ को अप्रिलमा मात्रै जापान आएका थिए ।
उनी ओकिनावा प्रिफेक्चरको जेसिएस भाषा विद्यालयमा अध्ययनरत थिए । जापानमा जनवरीमा मात्रै ६ जना नेपालीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?