
जापानमा कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो एक महिनामा १० हजार भन्दा बढीको मृत्यु भएको छ ।
जापानमा कोरोना महामारी सुरु भएदेखि एक महिनामै यति धेरै मानिसले ज्यान गुमाएको पहिलो पटक हो । एक महिनामा जापानका विभिन्न राज्यहरुमा ज्यान गुमाएकाहरुको संख्या १० हजार नाघेको हो ।
जापानमा जनवरीयता २८ दिनमा १० हजार १२४ जनाको मृत्यु भएको हो । यसअघि गत डिसेम्बरमा करिब ७ हजार ६ सयको मृत्यु भएको थियो । यो संख्या एकै महिनामा मृत्यु भएको सबैभन्दा धेरै थियो ।
जापानमा गत नोभेम्बरदेखि कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको हो । जापानले मेदेखि कोभिड–१९ को संक्रमणस्तरलाई घटाएरर मौसमी रुघाखोकीको स्तरमा राख्ने तयारी गरिरहेको छ ।