
जापानमा आगलागीमा परी ३ जनाको मृत्यु भएको छ । आइची प्रिफेक्चरको इनाजावा सहरमा एउटा घरमा आगलागी हुँदा जलेर २ महिला र एक पुरुषको मृत्यु भएको हो ।
गएराति भएको आगलागीमा परी बेहोस अवस्थामा भेटिएका ७९ वर्षीय व्यक्तिको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका तीनै जना सोही घरका व्यक्ति भएको अनुमान गरिए पनि उनीहरुको परिचय खुल्न बाँकी छ ।
२८ जनवरीको राति एक घरमा आगलागी भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए । दुई तले घरमा लागेको आगो करिब डेढ घन्टामा नियन्त्रणमा आएको थियो ।
मृत्यु भएका दुई महिला करिब ४० वर्ष उमेरका भएको बताइएको छ । आगलागीमा मृत्यु भएका तीनै जना घरको पहिलो तलामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ ।