जापानमा कोरोनाबाट थप ३३८ जनाको मृत्यु, करिब ५५ हजार नयाँ संक्रमित

जापानमा शनिबार एकैदिन कोरोना भाइरसबाट ५४ हजार ७८२ जना नयाँ संक्रमित भएको पुष्टि भएको छ ।

यो तथ्यांक शुक्रबारको तुलनामा ८७१ जनाले बढी हो ।

राजधानी टोकियोमा मात्रै शनिबार ४ हजार ५१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा पनि शुक्रबारको भन्दा संक्रमितको संख्या २१८ ले बढेको हो ।

कोरोनाबाट गम्भीर बिरामी भएर ५३३ जना अस्पताल भर्ना भएका छन् ।

यस्तै संक्रमणका कारण थप ३३८ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?