सामाजिक सञ्जालमा पोष्ट गरेको अभियोगमा जापानी न्यायाधीशलाई ४ लाख ४० हजार येन जरिवाना


टोकियो । पीडितका परिवारलाई आपत्तिजनक लाग्नेगरी सामाजिक सञ्जालमा लेखेको भन्दै उजुरी परेपछि सेन्दाई उच्च अदालतका न्यायाधिस केइची ओकागुचीलाई टोकियो जिल्ला अदालतले ४ लाख ४० हजार येन जरिवानाको फैसला सुनाएको छ ।

टोकियोमा हत्या गरिएकी एक स्कूले बालिकाको शोक सन्तप्त परिवारको भावना विपरित ती न्यायाधिसले सामाजिक सञ्जालमा लेखेको भनेर मृतक बालिकाका अभिभावकले उजुरी गरेपछि जिल्ला प्रधानन्यायाधीश मासाहिको कियोनोले शुक्रबार यस्तो फैसला गरेका हुन् ।
अदालतको आदेशमा भनिएको छ “सामाजिक सञ्जालमा राखेका पोस्टहरू “विचारहीन“ र “बहाल न्यायाधीको काम र कर्तव्यहरू उल्लङ्घन गर्ने किसिमका अनुचित कार्य भएको ठहर छ ।”
यसै विषयलाई लिएर सन् २०२१ मा संसदीय समितिले ती न्यायाधिसलाई महाभियोगका न्यायाधीशमा पठाउने निर्णय गरेपछि ५६ वर्षीय ओकागुचीलाई जापानको न्यायाधीश महाभियोगका लागि समेत अदालतमा पनि मुद्दा चलिरहेको छ ।
उनी महाभियोग अदालतमा पठाइने नवौं न्यायाधीश र आफ्नो विचार व्यक्त गरेको कारण महाअभियोगको मुद्धा खेप्ने पहिलो न्यायाधीश हुन ।

टोकियो जिल्ला अदालतमा दायर गरिएको उजुरी अनुसार, ओकागुचीले आफ्नो व्यक्तिगत ट्विटर एकाउण्टबाट २०१७ मा हाई स्कूलकी बालिकाको हत्याको बारेमा “एक १७ वर्षीया बालिकालाई एक व्यक्तिले महिलाको घाँटी थिचेर यातना दिँदै यौन उत्तेजित हुने प्रवृत्तिका कारण “निर्दयीपूर्वक” हत्या गरेको छ ।” भनेर लेखेका थिए ।
ट्वीटको करिब दुई वर्षपछि उनले फेसबुकमा पोष्ट गरे कि “शोकसन्तप्त परिवारलाई टोकियो उच्च अदालतको कार्यालय र अरूले मेरो आलोचना गर्न ब्रेन वास गरेको छ।”


आफूहरुको भावनाको विरुद्ध न्यायाधिसले लेखेको भन्दै, ती बालिकाका परिवारले ओकागुची विरुद्ध १ दशमलव ६५ मिलियन येन क्षतिपूर्ति दावी गरेका थिए । पोस्टले “शोकमा परेका परिवारको भावना र पीडितको मर्यादाको लागि अति बेवास्ता गरेको र मनोवैज्ञानिक पीडा दिएको” उल्लेख छ ।


ओकागुचीले यसलाई प्रतिवाद गर्दै आफ्ना पोस्टहरूले “पीडितप्रति को यौन हिंसा नजगाएको बताएका छन ।
अदालतको सुनुवाइका क्रममा टोकियो उच्च अदालतले बारम्बार चेतावनी दिए पनि ओकागुचीले पोस्ट गर्न नछाडेको भन्दै संसदीय समितिले खेद समेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?