टोकियोमा अपार्टमेन्टको भाउ हालसम्मकै उच्च

जापानको राजधानी टोकियोमा अपार्टमेन्टहरुको भाउ अहिलेसम्मकै उच्च भएको छ । सन् २०२२ मा टोकियोमा अपार्टमेन्टको भाउ आकाशिएर उच्च बनेको हो ।

जापानका सहरको बढ्दो जनसंख्या र विदेशी कामदार अहिलेसम्मकै उच्च विन्दुमा पुग्दा अपार्टमेन्ट र घरको उच्च माग छ ।
यस्तै निर्माण सामाग्रीको मूल्य पनि वृद्धि भएपछि अपार्टमेन्टको मूल्य आकाशिएको हो ।

रियल इष्टेट इकोनोमिक इन्स्टिच्युटले टोकियो महानगर क्षेत्रमा एउटा कोन्डोमिनियम एकाईको भाउ ६ करोड २८ लाख ८० हजार येन (४ लाख ८५ हजार डलर)मा भएको जनाएको छ ।

यो गत वर्षको तुलनामा ०.४ प्रतिशत बढी हो । गत वर्ष पनि टोकियो क्षेत्रमा कोन्डोमिनियमको मूल्य नयाँ उचाईमा पुगेको थियो ।

सन् २०२१ मा पनि जापानमा अपार्टमेन्ट र कोन्डोमिनियमको मूल्य कीर्तिमानी रुपमा बढेको थियो । निर्माण लागत बढेसँगै यो वर्ष पनि भाउ बढ्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?