जापानमा अहिलेसम्मकै धेरै विदेशी कामदार, रोजगारको अभाव


टोकियो ।

जपानमा विदेशी कामदारको संख्याले यसअघिका सबै रेकर्डहरु तोडेको छ । गत वर्षको अक्टोबर अन्त्यसम्मको तथ्याङ्क अनुसार जापानमा १.८२ मिलियन कामदार रहेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ५.५ प्रतिशतले बढी हो ।
सरकारी तथ्याङ्कले शुक्रबार देखाएको डाटा अनुसार मुख्यतया श्रम अभावका साथै विदेशी विद्यार्थी र स्थायी बासिन्दाहरूले समेत रोजगारको अभाव झेलिरहेका छन् ।


तथ्याङ्कले सन २०१३ पछि लग犀利士 ातार नयाँ वार्षिक उच्च रेकर्डको स्ट्रिङ जारी राख्दा, कोरोनाभाइरसको प्रभावले २०१९ मा वार्षिक वृद्धि १३.६ प्रतिशत भन्दा कम भएको छ । श्रम मन्त्रालयका एक अधिकारीले २०२० मा महामारी सुरु भएदेखि नै वृद्धि सुस्त भएको उल्लेख गरे ।


जापानको कार्यबलमा १८ लाख २२ हजार ७ सय २५ जना विदेशीहरू मध्ये, भियतनामी नागरिकहरू २५.४ प्रतिशत अर्थात ४ लाख ६२ हजार ३ सय ८४ जना रहेका छन् । त्यस्तै चिनियाँ नागरिकहरू २१ द्यशमलव २ प्रतिशत अर्थात ३ लाख ८५ हजार ८ सय ४८ जना रहैका छन । जापानमा रहेका विदेशी मध्ये तेश्रो स्थानमा फिलिपिनोहरू छन् । उनीहरु ११ दशमलव ३ प्रतिशत अर्थात २ लाख ६ हजार ५० जना छन् ।


श्रमको अभावका बीचमा २ लाख ९८ हजार ७९० कार्यस्थलमा विदेशी कामदारको नयाँ उच्च वृद्धि ४.८ प्रतिशतले बढेको छ । भौगोलिक रूपमा, सबैभन्दा धेरै टोकियोमा ५ लाख ८९ विदेशी कामदारहरू छन् । त्यसपछि मध्य जापानको आइची प्रिफेक्चरमा १ लाख ८८ हजार ६ सय ९१ कामदार छन भने १ लाख २४ हजार ५७० जना पश्चिममा ओसाका प्रिफेक्चरमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?