शौचालयमा प्रहरी मृत अवस्थामा भेटिए

जापानको राजधानी टोकियोस्थित नागाताचो, चियोदा–कुमा रहेको प्रहरी कार्यालयको शौचालयमा एक प्रहरी अधिकृत मृत अवस्थामा भेटिएका छन् ।

शुक्रबार बिहान रगत बगेको अवस्थामा भेटिएपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो । तर उनलाई तत्कालै मृत घोषणा गरियो ।

उनले आफैंले पेस्तोल प्रहार गरी आत्महत्या गरेको जस्तो देखिएको महानगरीय प्रहरी महाशाखा टोकियोले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शुक्रबार बिहान करिब साढे ३ बजे चियोदाको नागाताचो प्रहरी कार्यालयमा ३० वर्षीय ती प्रहरी अधिकारी लडिरहेको अवस्थामा फेला परेका थिए ।

उनी लडेको स्थान नजिकै पेस्तोल समेत भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?