टोकियोमा ४२ वर्षमा पहिलो पटक बढ्यो खाद्यान्नको मूल्य

जापानको राजधानी टोकियोमा खाद्यान्नको मूल्य ४.३ प्रतिशतले बढेको छ । टोकियोका २३ वडाहरुमा जनवरीको उपभोक्ता मूल्य सूचकांका गत वर्षको जनवरीको तुलनामा ४.३ प्रतिशतले मूल्य बढेको हो ।

जापानमा ४२ वर्षपछि पहिलोपटक ४.३ प्रतिशतको मूल्य बढेको हो । यसअघि सन् १९८१ को मेमा यसरी मूल्यवृद्धि भएको थियो ।
जापानमा मुख्य रुपमा खाद्यान्न, बिजुली र ग्याँसको मूल्य बढिरहेको छ । जापानको उपभोक्ता मूल्य सूचकांक लगातार आठौं महिनामा बैंक अफ जापानको २ प्रतिशत मुद्रास्फीति लक्ष्यभन्दा माथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?