जापानमा गाँजाको मेडिकल प्रयोगलाइ मान्यता दिने तयारी

टोकियो । गाँजा भन्नेवित्तिकै अधिकांशको मनमा आउने कुरा भनेकै लागू पदार्थ हो । तर यसका फाईदाहरुबारे अमेरिका, बेलायत,जस्ता विभिन्न देशले रिसर्च भने जारी नै राखेका छन । ती देशहरुमा गाँजाको बोटबाट बनेका औषधिहरुलाई छारेरोग र विद्यमान औषधि प्रभावकारी हुन नसकेका अन्य रोगका बिरामीको उपचारमा प्रयोग भइरहेका छन् ।

विकसित देश जापानले चाहिँ पछिल्लो समय गाँजालाई औषधिका रुपमा प्रयोग गर्ने विषयलाई कानूनी मान्यता दिन लागेको छ । सरकारले मंगलबार एउटा विधयक सार्वजनिक गरेको थियो, जसमा गाँजालाई औषधीय प्रयोजनका निमित्त अनुमति दिने प्रस्ताव समेत सामेल छ ।

उसो त सरकारले ससंदको चालु अधिवेशनमा सो विधेयक पेश गर्ने गर्नेबारेमा पनि छलफल गरिरहेको छ । विधयकमा गाँजा नियन्त्रण कानूनलाई संसोधन गर्नका लागि समेत प्रस्ताव गरिएको छ । यदि उक्त प्रस्ताव पारित भएमा गाँजालाई औषधिका रुपमा प्रयोग गर्न सकिनेछ ।

यद्यपी औषधिजन्य बाहेक यसको प्रयोग गर्न पाईने छैन । अहिले वर्जित रहेको गाँजाको प्रयोग दिन प्रतिदिन बढीरहेको अध्ययनले देखाएको छ । सन् २०१४ यता विशेषगरी गाँजा साथमा लिएर हिँडेको अभियोगमा युवाहरु पक्राउ पर्ने क्रम बढ्दै गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?