जपानमा विजुलीको भाउ बढाउन टेप्कोको प्रस्ताव


टोकियो । जापानको टोकियो ईलेक्ट्रिक पावर कम्पनी टेप्कोले विजुलीको भाउ बढाउने प्रस्ताव गरेको छ ।
आगामी जुन देखि औसत २९ दशमलव ३१ प्रतिशतले भाउ बढाउने प्रस्ताव सरकारलाई बुझाएको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन ।

पछिल्लो समय इन्धनको भाउमा मुल्य बढेको र डलरको तुलनामा येन कमजोर भएको कारण देखाउँदै कम्पनीले मुल्य बढाउन प्रस्ताव गरेको हो ।

आफ्नो व्यवसायिक वातावरणमा गम्भीर असर पारेको भन्दै बनेको कम्पनीका अध्यक्ष तोमोआकी कोबायाकावाले जुन २३ मा पत्रकार सम्मेलन नै आयोजना गरी मुल्य समायोजन गर्न सरकारसंग आग्रह गर्ने बताएका थिए ।
यदि सरकारले प्रस्ताव स्वीकार गरेमा विजुलीको भाउ बढाउन सहज हुनेछ ।

विद्युतको मुल्य बढेमा मात्र आफूहरुको व्यवसायमा सुधार हुने कम्पनीको विश्वास छ ।
महसुल बढाउनु पर्ने कारणहरुमा निगाता प्रिफेक्चरमा काशिवाजाकी–कारिवा आणविक ऊर्जा केन्द्रलाई पनि पुनः सञ्चालनमा ल्याउने योजना पनि प्रस्तावनामा उल्लेख गरिएको छ ।


यद्यपी जापान सरकारको सम्बन्धित मन्त्रालयले सर्वसाधारणहरुको राय सुझावका आधारमा दररेट परिवर्तन बारे निर्णय लिनेछ । यदि मन्त्रालयले टेप्कोको अनुरोधलाई स्वीकार गरेमा २६० किलोवाट घन्टाकोे मूल्य अहिलेको तुलनामा २ हजार ६११ इेनले बढेर ९ हजार १२६ येन देखि ११ हजार ७३७ येनबीच पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?