जापानमा अत्यधिक हिमपातका कारण रेल र हवाई सेवा प्रभावित

जापानभर अत्यधिक हिमपात हुँदा रेल र हवाई सेवा प्रभावित बनेको छ ।

हिमपातका कारण रेल सञ्चालन हुन सकेका छैनन् । यस्तै सडकमा रहेका सवारी साधन पनि हिउँ जमेपछि अलपत्र परेका छन् ।
बुधबार कान्तो बाहेकका क्षेत्रमा भारी हिमपात भइरहेको छ । भारी हिमपात र हिमआँधीका कारण कयौं रेलमा यात्रीहरु घन्टौंसम्म अलपत्र परेको बताइएको छ ।

मध्य जापानको फुकुई प्रिफेक्चरमा १४ किलोमिटर भन्दा लामो जाम परेको छ ।

जोएचु शिन्कानसेनले पोइन्ट निरीक्षणका कारण निगाता स्टेशन र टोकियो स्टेशन बीचको इनबाउन्ड लाइनमा सञ्चालन स्थगित गरेको थियो ।

हिमपातका कारण यामागाता शिन्कान्सेनले फुकुसिमा स्टेसन र सिन्जो स्टेसन बिचको तल र माथि दुवैतिरका लाइनमा बुधबार पनि दिनभर सेवा बन्द रहनेछ ।

तोहोकु शिन्कानसेनका केही रेलहरू संचालन स्थगन भएका छन । तोकाईदो र सान्यो शिन्कान्सेन केही खण्डहरूमा कम गतिमा रेल भने सञ्चालनमा छन् ।

तोचिगी प्रिफेक्चरको निक्को लाइनले निक्को स्टेशन र इमाइची स्टेशनबीचको इनबाउन्ड र आउटबाउन्ड लाइनहरूमा रेल सेवा स्थगित भएको छ ।

हिमपात र हावाहुरीका कारण फाष्ट ट्र्याकको तोहोकुदेखि क्युसुसम्मको धेरै खन्डमा यातायात बन्द छ । भारी हिमपात र आँधीका कारण जापान एयरलाइन्सका १ सय ५१ उडान र अल निप्पोन एयरवेजका ८५ उडान रद्द भएका छन् ।

सी अफ जापानको समुद्र किनारमा रहेका आकिता, आमोरी र निगाता जस्ता विमानस्थलहरुमा उडान प्रभावित भएका छन् भने फुजी ड्रीम एयरलाइन्स, इबेक्स एयरलाइन्स, एयर डो, र जापान ट्रान्सोसियन एयरले उडानहरू रद्द गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?