फुकुशिमा परमाणु दुर्घटनाका तीन आरोपीको मुद्दा सर्वोच्च अदालतमा

जापानको फुकुशिमा दाइइचि परमाणु केन्द्रमा सन् २०११ मा भएको दुर्घटनाका तीन आरोपीलाई रिहा गर्ने उच्च न्यायलयको फैसलाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

टोकियो इलेक्ट्रिक पावर कम्पनीका पूर्व अध्यक्ष आत्सुमाता त्सुनेहिसा, पूर्वउपाध्यौ ताकेकुरो इचिरो र मुतो साकाएमाथि लापरबाही गरेका कारण आम मानिसको मृत्यु भएको आर्थिक क्षति भएको आरोप २०१६ मा लगाइएको थियो ।

नागरिकको अभियोजन जाँच समितिको निर्णयका आधारमा यो आरोप दर्ता गरिएको थियो । पूर्वोत्तरी प्रिफेक्चर फुकुशिमामा मार्च, २०११ को महाभूकम्प तथा सुनामीपछि संयन्त्रमा भएकाृ दुर्घटनाका क्रममा एक अस्पतालका बिरामी र अन्य मानिसको मृत्यु भएको थियो ।

७० देखि ८९ वर्ष उमेरका यी पूर्वअधिकारीमाथि तिमध्ये ४४ जनाको मृत्युमा जिम्मेवार रहेको आरोप लगाइएको छ ।

टोकियो उच्च न्यायलयले गत बुधबार तीनै जनालाई निर्दोष भएको भन्दै रिहा गरेको थियो । यही निर्णय सन् २०१९ मा टोकियो क्षेत्रीय न्यायालयले पनि दिएको थियो ।

फैसलामा उच्च न्यायालयले दुर्घटनाबाट बच्चका लागि प्रतिवादीले सयन्त्र सञ्चालन रोक्न जरुरी नरहेको र विशाल सुनामीको अनुमान लगाउने कुनै माध्यम नभएको उल्लेख गरेको छ ।

आरोपी तीन जनाका वकिलले अदालतको निर्णयले भूकम्प र सुनामीको पूर्वानुमान लगाउन नसकिने स्पष्ट भएको र आरोप पुष्टि हुने आधार नभएको स्पष्ट पारेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?