जापानमा थप ३०७ जनाको मृत्यु, ८१ हजार ५३५ नयाँ संक्रमित

जापानमा मंगलबार एकै दिन ८१ हजार ५३५ जना कोरोना भाइरसका नयाँ संक्रमित पुष्टि भएका छन् ।

यो सोमबारको तुलनामा ४८ हजार ९६४ ले बढी हो । टोकियोमा मात्रै मंगलबार ७ हजार ६२९ जना नयाँ संक्रमित भेटिएका छन् ।

तर टोकियोमा गम्भीर बिरामी भई अस्पताल भर्ना हुनेको संख्यामा भने कमी आएको छ । जापानमा मंगलबार ६३८ जना अस्पताल भर्ना भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट मंगलबार एकै दिन ३०७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?