जापानमा भारी हिमपातकाे चेतावनी जारी, १२० बढी उडान रद्द

भारी हिमपातका कारण उत्तरुी र पश्चिमी जापानमा मौसम विभागका अधिकारीहरुले चेतावनी जारी गरेका छन् ।

चिसो र हिमपातका कारण कतिपय स्थानमा सडक अवरुद्ध भएको छ भने हवाई उडानहरु समेत रद्द गरिएका छन् ।
भारी हिमपात भएका क्षेत्रमा सडकमा हिउँ थुप्रिदा सवारी आवागमन ठप्प भएको हो ।

होक्काइदो र दक्षिणी जापान नजिक बनेको न्यून चापीय प्रणालीका कारण प्रशान्त महासागरतर्फका स्थानमा समेत मंगलबार बिहानदेखि व्यापक हिउँ परिरहेको छ ।

बिहीबारसम्म हिमपात हुनुका साथै अत्यधिक चिसो हुने भएकाले सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

जापानको तापमान १० वर्षयताकै न्यून बिन्दुमा झर्ने अनुमान गरिएको छ । टोकियो र ओसाकामा समेत हिउँ पर्ने मौसम विभागको अनुमान छ ।

हिमपातका कारण जापान एयरलाइन्स कम्पनी र अल निप्पोन एयरवेजले सी अफ जापानतर्फका विमानमा जाने र आउने १२० भन्दा बढी उडानहरु रद्द गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?