विद्यार्थी भिषामा जापान आएका युवाले गरे आत्महत्या

जापानमा एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । विद्यार्थी भिषामा आएका एक जना नेपाली युवाले आत्महत्या गरेका हुन् ।
तीन वर्षअघि जापान आएका ती विद्यार्थी नेपालको गुल्मी जिल्ला घर भएका २३ वर्षीय मगर थरका रहेको बताइएको छ । उनको परिचय भने खुलाइएको छैन ।

मृतकका परिवारलाई घटनाबारे जानकारी गराउने प्रयास भइरहेको छ । मृतक युवा १७ जनवरीदेखि प्रहरीसँग सम्पर्कबिहीन थिए ।

खोजीका क्रममा कोठामै मृत भेटिएका हुन् । आइतबार कोठा खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएको उनका साथीहरुले बताएका छन् ।

उनले केही दिनअघि नै आत्महत्या गरेको अनुमान गरिएको छ । उनको शब पोष्टमार्टमका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय जापानमा आत्महत्या गर्नेको संख्या बढेको छ । जापानमा हालै प्रकाशित एक तथ्यांकअनुसार महिलाभन्दा दोब्बर संख्यामा पुरुषले आत्महत्या गर्ने गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?