सुटकेशमा टुक्रा टुक्रा पारेको अवस्थामा भेटियो महिलाको शव

犀利士 palsandesh.com/wp-content/uploads/2023/01/image-18.png” alt=”” class=”wp-image-194946″ width=”871″ height=”490″/>

जापानमा टुक्राटुक्रा पारेको अवस्थामा सुटकेशभित्र महिलाको शव फेला परेको छ । वाकायामा शहरको प्रहरीले हत्या गरिएकी महिलाको पहिचान गर्ने कोशिस गरिरहेको छ ।

गत बुधबार किनो नदीको किनारमा बिहानदेखि पार्किङ गरेर रोखेको कारको डिकीमा कालो सुटकेशमा महिलाको शरीर टुक्राटुक्रा पारेको अवस्थामा भेटिएको थियो ।

किनो नदीमै अर्को रातो सुटकेशमा पनि मानव शरीरको टुक्राहरु भेटियो । प्रहरीले सोही नदीमा रातो सुटकेश भेटिएको ठाउँबाट करिब साढे २ मिटर टाढा एक पुरुषको पनि शव फेला पारेको थियो ।

अन्दाजी ५० देखि ५९ वर्षका ती पुरुष कार चालक भएको बताइएको छ । कारभित्र चालक अनुमतिपत्र भेटिएको छ ।

सुटकेशमा भेटिएकी महिला अन्दाजी ४०–४२ वर्षसम्मकी भएको र उनको मृत्यु जनवरी १७ तिर भएको प्रहरीको अनुमान छ । प्रहरीले घटनाको छानबिन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?