जापानको कोबेमा भीषण आगलागी हुँदा ४ जनाको मृत्यु

जापानको ह्योगो प्रिफेक्चरको कोबेमा आइतबार बिहान भएको आगलागीमा परी ४ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान मिनातो सहरमा 犀利士 रहेको एउटा तीन तले आवासीय भवनमा साढे १ बजेको समयमा आगलागी हुँदा मानवीय क्षति भएको हो ।

आगलागीमा परेर गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ । आगलागी करिब एक घन्टापछि नियन्त्रणमा आएको थियो ।

अग्नि विभागका अनुसार अस्पताल लगिएका ४० देखि ७० वर्षका ४ पुरुषहरू अचेल र गम्भीर अवस्थामा छन् ।

आगलागीको समयमा करिब ३० जना सो भवनमा रहेको अनुमान गरिएको छ । पहिलो तलामा बस्ने चार जना मृतअवस्थामा भेटिएका हुन् । आगलागीको कारणबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?