कोरोनाबाट जापानमा एकै दिन ३९८ जनाको मृत्यु, करिब ७९ हजार संक्रमित

जापानमा शनिबार एकै दिन कोरोना भाइरसको संक्रमणबाटद ३९८ जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको हो ।

यस्तै शनिबार जापानमा ७८ हजार ९५४ जना नयाँ संक्रमित भेटिएका छन् । यो शुक्रबारको तुलनामा ३ हजार ६६० ले कम हो ।
टोकियोमा शनिबार ६ हजार ६०७ जना नयाँ संक्रमित भेटिएका छन् ।

टोकियोमा कोरोना संक्रमण पुष्टि भएर शनिबार थप ४३ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

जापानभर ६८३ जना नयाँ बिरामी कोरोना संक्रमणबाट सिकिस्त भई अस्पताल भर्ना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?