जापानमा एकै वर्ष साढे २१ हजार भन्दा बढी आत्महत्याका घटना

जापानमा आत्महत्याका घटना वृद्धि भएका छन् । जापानमा सन् २०२२ मा मात्रै २१ हजार ६८४ जनाले आत्महत्या गरेको जापान सरकारको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा गत वर्षको तुलनामा २.७ प्रतिशतले आत्महत्याका घटनामा वृद्धि भएको उल्लेख छ ।

आत्महत्या गर्नेमध्ये १४ हजार ५ सय ४३ जना पुरुष र ७ हजार ४१ जना महिला छन् ।

अधबैंसे र वृद्धवृद्धाहरुले आत्महत्या गर्ने गरेका छन् । यसरी आत्महत्या गर्नेमा पुरुषको संख्या बढी छन् । कोरोना भाइरसको महामारीपछि आत्महत्या गर्नेको दर बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?