जापानमा महंगीले तोड्यो ४० वर्ष अघिको रेकर्ड

जापानमा मुद्रास्फीतिका पछिल्लो तथ्यांकअनुसार डिसेम्बरमा महंगीले ४० वर्षको रेकर्ड तोडेको छ ।

जापानको गृहमन्त्रालयका अनुसार उपभोक्ता मूल्य सूचकांकमा एक वर्षअघिको अनुमानभन्दा ४ प्रतिशत वृद्धि भएको छ ।

ऊर्जा र कच्चा वस्तुको बढ्दो लागतका कारण यो वृद्धि देखिएको हो । यसमा ताजा खाद्य वस्तुको मूल्य सामेल गरिएको छैन ।

वार्षिक उपभोक्ता मूल्य सूचकांकमा एक वर्षअघिको अपेक्षा भन्दा २.३ प्रतिशतले बढेको छ ।

यसअघि सन् २०१४ मा उपभोक्ता कर बढाएपछि यसरी नै महंगी बढेको थियो । यो सन् १९८१ पछिको अहिलेसम्मकै सबैभन्दा धेरै मूल्यवृद्धि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?