जापानी प्रधानमन्त्री किशिदाले संसदमा सम्बोधन गर्ने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी साता संसदमा सम्बोधन गर्ने भएका छन् । जापानमा घट्दो जन्मदरको समस्या समाधान गर्न सरकारको नीति र प्राथमिकताबारे प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

जापानी संसदको अधिवेशन आगामी साताबाट सुरु हुँदैछ । किशिदाको भाषणको मस्यौदाअनुुसार घट्दो जन्मदरका कारण जापानको सामाजिक व्यवस्थाको कार्यप्रणालीलाई कायम राख्ने क्षमता गुमाउने अवस्थामा रहेकोबारे चिन्ता व्यक्त गरिएको छ ।

जापानले बच्चाको पालनपोषणमा सहायतासँग सम्बन्धित नीति अवलम्बन गरिने र प्रभावकारी लगानी गर्ने जनाएको छ ।

सरकारले बच्चा जन्माउन प्रोत्साहन गर्नका लागि आर्थिक सहायता गर्ने र तलब वृद्धि गर्ने योजना बनाएको छ । सरकारले वरिष्ठता आधारित तलव व्यवस्थाको समीक्षा र अन्य उपायबाट श्रम बजारमा तीव्र रुपमा सुधार ल्याउने कोशिस गरिरहेको छ ।

सरकारले रक्षा क्षेत्रमा आर्थिक वर्ष २०२३ बाट ५ वर्षका लागि ४३० अर्ब येन अर्थात करिब ३३५ अर्ब डलर जुटाउने लक्ष्य राखेको छ ।

सरकारले कर वृद्धि गर्नुभन्दा अघि पर्याप्त आर्थिक स्रोत जुटाउने उद्देश्यले प्रशासनिक र आर्थिक सुधारको प्रयास गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?