
जापानमा आगामी जुलाईदेखि इलेक्ट्रिक स्कुटर चलाउन सवारी चालक अनुमतिपत्र नचाहिने भएको छ ।
नयाँ निमय अधिकतम २० किलोमिटर प्रतिघन्टाको गतिमा चल्ने स्कुटरका लागि लागू हुनेछ । उनीहरुले साइकल चालकलेजस्तै ट्राफिक नियमको पालना गर्नुपर्नेछ ।
जापानमा १६ वर्ष मुनिका बालबालिकालाई भने सवारी चलाउन रोक लगाइने भएको छ ।
नयाँ नियम लागू हुने विद्युतीय स्कुटरको लम्बाई १९० सेन्टिमिटरसम्म र चौडाई ६० सेन्टिमिटरसम्म हुनुपर्नेछ । यस्ता स्कुटरहरु फुटपाथमा पनि सञ्चालन गर्न सकिन्छ ।
इलेक्ट्रिक स्कुटरहरुको अगाडि र पछाडि हरियो बत्तीहरु राख्नु अनुरोध गरिएको छ । सडक र साइकल लेनहरुमा चलाउँदा विपरीत दिशाबाट आउने सवारी देख्न सहज हुनेछ ।
ट्राफिक नियम पालना नगर्नेहरुमाथि जरिवाना र कारबाही गरिनेछ ।