जापानमा बिहीबार ९६ हजार बढी नयाँ कोरोना संक्रमित भेटिए

जापानमा बिहीबार एकै दिन ९६ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो बुधबारको तुलनामा २८ हजार ७१६ ले कम हो । टोकियोमा मात्रै बिहीबार ७ हजार ७१९ जनामा संक्रमण पुष्टि भएको छ ।

टोकियोमा पनि कोरोना संक्रमितको संख्या बुधबारको तुलनामा १ हजार ४६८ ले कम भएको हो ।

टोकियोमा बिहीबार कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी परेका ४४ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

देशभर कोरोना संक्रमणका ६८१ जना गम्भीर बिरामी अस्पताल भर्ना भएका छन् । जापानमा बिहीबार कोरोना भाइरसको संक्रमणबाट ७५१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?