फाइभजी पछिको दूरसञ्चार प्रविधि विकास गर्न जापान–अमेरिका सहमत

जापान र अमेरिका फाइभजी नेटवर्कपछि आउने दूरसञ्चार प्रविधिको विकासमा एकअर्कालाई सहयोग गर्न सहमत भएका छन् ।

जापानका गृह तथा सञ्चारमन्त्री मात्सुमोतो ताकेआकीले वासिंगटनमा अमेरिकी वाणिज्य उपमन्त्री डन ग्रेभ्ससँग छलफल गरेका थिए ।

उनीहरुबीच सूचना तथा सञ्चार क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल गरेका थिए । यस क्षेत्रको विकासमा चीनले ठूलो फड्को मारेपछि अमेरिका र जापान एक ठाउँ उभिएका हुन् ।

दुवै मन्त्री एक निःशुल्क र खुला इन्टरनेट व्यवस्था मिलेर तयार गर्न सहमत भएका छन् । जुन उद्योगका लागि उपलब्ध हुनेछ ।

उनीहरु बियोन्ड फाइभजी नामक आगामी पीढीको सञ्चार व्यवस्थाको अनुसन्धान र विकासमा सहयोग बढाउन तयार भएका हुन् ।

मात्सुमोतो र ग्रेभ्सले अप्रिलमा जापानको गुम्मा प्रिफेक्चरको ताकासाकी शहरमा हुने डिजिटल तथा प्रविधिमन्त्रीको बैठकका बारेमा पछि कुराकानी भएको छ ।

बैठकलाई सफल बनाउने मिलेर अघि बढ्ने पनि सहमति भएको छ । यो बैठकपछि मेमा हिरोसिमामा जी–७ शिखर सम्मेलन आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?