जापानको चिबामा बिनाशकारी महाभूकम्पको स्मरण

जापानको ह्योगोमा आएको विनाशकारी महाभूकम्पको २८ वर्ष पूरा भएको छ । सो भूकम्पमा परी ६ हजार ४३४ जनाको मृत्यु भएको थियो ।

विनाशकारी महाभूकम्पको स्मरणमा मंगलबार चिबामा श्रद्धान्जलीसहित दिप प्रज्वलन गरिएको थियो । जापानका कोरोना महामारीका कारण पछिल्लो तीन वर्षमा पहिलो पटक ठूलो संख्यामा मानिसहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

कोबे शहरमा आयोजित कार्यक्रमको सुरुमा बिहान ५ः४६ बजे मौन धारण गरिएको थियो । यही समयमा नै १७ जनवरी, १९९५ मा शक्तिशाली भूकम्प आएको थियो ।

सो भूकम्पले सयौं भवनहरुमा क्षति पुगेको थियो भने कतिपय क्षेत्रमा आगलागी समेत भएको थियो । हयोगोको राजधानी शहर कोबेमा रहेको कोबे इस्ट पार्कमा आयोजित स्मृति सभामा १० हजार मैनबत्ती बालिएको थियो ।

सन् २०२१ र २०२२ मा कोरोनाका कारण स्मृति कार्यक्रम रद्द गरिएको थियो । भूकम्पमा आफ्नी २० वर्षीय छोरी शिनोलाई गुमाएकी मसाशी युएनोले पीडितका तर्फबाट सम्बोधन गरेकी थिइन् ।

यौवन उमेरमा पुगेकी छोरीको भूकम्पमा परी ज्यान गुम्दा परिवारमा परेको पीडा तथा महाभूकम्पको त्रासदीबाट पाठ सिक्नुपर्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?