पहिलो बाहेकका सबै सन्तानको शिशु स्याहार निःशुल्क बनाउँदै टोकियो महानगर


टोकियो ।

पछिल्लो समय जापानी दम्पतीमा देखिएको सन्तान बृद्धिप्रतिको आर्थिक समस्यालाई मध्यनजर गर्दै जापानको राजधानी टोकियोले नयाँ नीति अख्तियार गरेको छ ।


टोकियोले यही वर्षको अक्टोबर देखि लागू हुनेगरी पहिलो बाहेकका सबै सन्तानको शिशु स्याहार निःशुल्क बनाउने भएको हो । पछिल्लो समय कम हुँदै गएको जन्मदरलाई मध्यनजर गर्दै टोकियो महानगरले राजधानी क्षेत्रमा बस्ने सबै दोस्रो सन्तानको शिशु स्याहार सेवाहरू निःशुल्क गर्ने योजना बनाएको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन ।


यो योजनाले एकभन्दा बढी बच्चा जन्माउने परिवारलाई प्रोत्साहन दिने लक्ष्य सरकारले लिएको छ । भर्खरै जन्मेका देखि दुई वर्षसम्मका बालबालिकाहरुलाई लाई यस योजनाले लक्षित गरेको छ । निश्चित आम्दानी भएका घरपरिवारलाई यो सुविधा दिइनेछ ।


टोकियोको यस नयाँ योजनाले ५० हजार बालबालिका लाभान्वित हुने अनुमान गरिएको छ ।
सरकारले भविष्यमा गर्भधारणका लागि आफ्नो अन्ड जोगाएर राख्न चाहने महिलाहरुलाई पनि अनुदान समेत दिने भएको छ । यो योजनाका लागि सरकारले यही अप्रिलदेखि सुरु हुने आर्थिक वर्षको बजेटमा ११ अर्ब येन (८ करोड ५० लाख डलर) बराबरको रकम बिनियोजन गर्ने जनाइएको छ ।


यो अनिवार्य रूपमा राज्यको परियोजना हुनुपर्ने र खेर फाल्न हुने क्षण नभएको टोकियोकी गभर्नर युरिको कोइकेले बताइन । आफूहरुले घटदो जन्मदरको समस्या रोक्न टोकियोबाट ‘बोल्ड’ उपायहरु कार्यान्वयन गर्ने उनको भनाई छ ।


महानगर सरकारले सबै प्रकारका घरपरिवारहरुलाई १८ वर्षसम्मका हरेक बालबालिकाहरुका लागि मासिक ५ हजार भत्ता दिने योजना सार्वजनिक गरेको थियो । भत्ता कार्यक्रमका कारण सरकारले थप १ खर्ब २६ अर्ब येन छुट्याउने योजना बनाइरहेको छ । आगामी आवमा महानगरको शिशु स्याहारसँग सम्बन्धी उपायहरुको लििाग कूल बजेट १६ खर्ब येन पुग्ने देखिन्छ । चालु आवको भन्दा यो करीब २ खर्ब येन धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?