फोरेक्स जापानको लक्की ड्र मार्फत सुनिताले पाईन् आईफोन चौध

जापानबाट नेपाल लगयात विश्वका विभिन्न देशहरुमा रेमिट सेवा दिदै आइरहेको फोरेक्स जापानले आफ्नो दशैँ , तिहार तथा छठको उपहार योजना अन्तर्गतको बम्पर उपहार सार्वजनिक गरेको छ ।

सेप्टेम्बर १२ देखि अक्टोबर ३० सम्म फोरेक्स मार्फत नेपाल पैसा पठाउने ग्राहकहरु मध्ये १ जनालाई आईफोन १४ दिने घोषणा गरेको थियो ।

कम्पणीले यो अवधिमा रेमिट गर्नुहुने १८६२३ जना ग्राहकहरु मध्येबाट लक्की ड्र मार्पत ओकिनावा बस्ने सुनिता लामालाई विजय घोषणा गरेको छ ।

उपहार योजना बुधबार कम्पनीको प्रधान कार्यालयमा फोरेक्स जापानको फेसबुक लाइभ मार्फत कम्पनीका जनरल म्यानेजर आकिरा योकोमित्शुले सार्वजानिक गरेका थिए ।

आफ्नो स्थापना देखि नै नेपाल लगायतका विभिन्न देशमा उत्कृष्ट रेमिट सेवा प्रदान गर्दै आईरहेको कम्पनीले नेपालीहरुका चाड पर्वहरुमा विविध उपहार योजना सार्वजनिक गर्दै आइरहेको छ ।

यो वर्षको दशैं , तिहार तथा छठको अवसरमा आईफोन १४ संगै प्रत्येक हप्ता पांच जनालाई मल्टिपल वायरलेस चार्जर पाउने गरी ३६ जनालाई लक्की ड्र मार्फत उपहार प्रदान गर्ने सार्वजनिक गरेको थियो ।

उक्त कम्पनीले यस अघि नै घोषणा गरेको आफ्नो टोकियोको कामातामा रहेको कार्यालबाट रेमिट गर्नुहुने ग्राहक वर्गलाइ हातै खाली नजाने उपहार योजना भने निरन्तरता रहेको जनाएको छ ।

फोरेक्स जापानले आफ्नो सेवाहरु जापानको जुनसुकै ठाउँबाट कम्पनीको जेपी कार्ड, विभिन्न बैकहरुमा रहेको बैंक खाता तथा एजेन्सीबाट समेत लिन सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?