
उत्तर कोरियाले जापानको भूभागमाथिबाट ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ । जापानको उत्तरी क्षेत्रभन्दा माथिबाट मिसाइल प्रहार गरेको जनाइएको छ ।
जापानको होक्काइडोका जनतालाईहरुलाई चेतावनी जारी गर्दै सरकारले हवाई उडानमा रोक लगाएको छ भने अस्थायीरुपमा रेल सेवा पनि बन्द गरिएको छ ।
सन् २०१७ यता पहिलोपटक उत्तर कोरियाले जापानको आकाशबाट मिसाइल परीक्षण गरेको हो ।
राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक मिसाइल र परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाएपनि उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तर अघि बढाएको छ ।
उत्तर कोरियाले प्रहार गरेको मिसाइल ३ हजार किलोमिटर टाढा प्रशान्त महासागरमा खसेको थियो । उत्तर कोरियाको मिसाइल प्रहारबाट कुनै प्रकारको क्षति भने भएको छैन ।
दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले मंगलबार स्थानीय समयअनुसार साढे सात बजे मिसाइल परीक्षण गरेको उल्लेख गरेको छ ।