
जापानमा गएराति भूकम्पको कडा धक्का महसुस गरिएको छ । जापानको मियाजाकी प्रिफेक्चर नजिकै केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
जापान मौसम विभागका अनुसार शनिबार राति १२ बजेर २ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट सुनामीको खतरा भने नरहेको जनाइएको छ ।
भूकम्पको केन्द्रविन्दू मियाजाकी प्रिफेक्चरको पूर्वी तटीय क्षेत्रको ओसुमी द्विप रहेका बताइएको छ ।
भूकम्पको महसुस खागोशिमा, कुमामोतो, ओइता, एहिमे, सागा, फुकुओका, यामागुची, सिमानो, हिरोसिमालगायतका क्षेत्रमा समेत महसुस गरिएको थियो ।
भूकम्पबाट कुनै मानवीय तथा मौतिक क्षति भने भएको छैन ।