दसैं मनाउँन जापान आएकी नेपाली युवतीको दुर्घटनामा मृत्यु

जापानमा दसैं मलाउन आइपुगेकी एक नेपाली युवतीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

अस्ट्रेलियाबाट दसैं मनाउन जापान आइपुगेकी सुनिता केसीको जापानको साइतामामा सवारी दुर्घटनामा मृत्यु भएको हो ।

अध्ययनका लागि अस्ट्रेलिया गएकी सुनिता जापानमा रहेका परिवारसँग दसैं मनाउन ४ दिनअघि मात्रै जापान आएकी थिइन् ।

इभिनिङ वाकमा घर नजिकैको बाटोमा हिँडिरहेकी उनलाई ट्रिपरले ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?